समाचारबुधबार, चैत्र २६, २०७०

सत्यनिरुपण र वेपत्ता आयोगसम्बन्धी विधेयक दर्ता

हिमालखबर

व्यवस्थापिका–संसदको २६ चैतको बैठकमा कानून न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक दर्ता गराएका छन् ।

मन्त्री आचार्यले एमाओवादीले उक्त विधेयक संसदमा आजै प्रस्तुत नभए कारवाही अघि बढ्न नदिने अडान राखेपछि दुई घण्टाका लागि स्थगन भएको संसद शुरु हुने बित्तिक्कै आयोग गठन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले अध्यादेशमार्फत आएको विधेयक प्रतिस्थापन गर्न र सर्वोच्च अदालतको फैसलाअनुरुप विधेयक तर्जुमा गर्न खोजिँदा केही विलम्ब भएको भएपनि सबै पक्षलाई मिलाएर शान्ति, मेलमिलाप, समझदारी कायम गर्न विधेयक दर्ता गरिएको बताए ।

दण्डहीनताको अन्त्य र दिगो शान्ति कायम गर्न विधेयक फलदायी हुने मन्त्री आचार्यले विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>