थप समाचारबिहीबार, चैत्र २७, २०७०

रिक्सा चलाएर कमाएको सवा लाख प्राविधिक शिक्षालयलाई

हिमालखबर

काठमाडौंमा रिक्सा चलाएर कमाएको पैसाले ७ जनाको परिवार पाल्दै आएका धादिङ खाल्टेका रेशम गुरुङले आफूले वचत गरेको १ लाख २६ हजार रुपैयाँ गाउँमा प्राविधिक शिक्षालय खोल्नका लागि सहयोग उपलब्ध गराएका हुन् ।

गाउँको शङ्खादेवी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्न लगाइएको महायज्ञमा रेशमले विद्यालयलाई रु १ लाख २६ हजार चन्दा दिएर सहयोग गरेका हुन् ।

गरिबीका कारण आफूले पढ्न नपाएका रेशमले आफ्ना छोराछोरीका लागि गाउँमा खुलेको प्राविधिक विद्यालयमा अध्यायन गराउन पाइने भएकाले आफूले रिक्साबाट कमाएको रकम सहयोग गरेको बताए ।

रेशमजस्तै सामान्य आय भएका १५ भन्दा बढीले विद्यालयको निम्ति रु १ लाखभन्दा बढी सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नेमबहादुर श्रेष्ठले जानकारी दिए ।

पात्लेमा ९० घरमध्ये ८५ घर गुरुङ समुदायको छ । स्थानीय समाजसेवी शेरबहादुर गुरुङका अनुसार सप्ताह ज्ञान महायज्ञ लगाउने र मन्त्र सुन्ने गुरुङ जातिको संस्कारभित्र पर्दैन तर विद्यालय टिकाउन र प्राविधिक शिक्षालय स्थापना गर्न आयोजना गरिएको यो अभियानमा धेरैले दान गरेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>