थप समाचारबिहीबार, चैत्र २७, २०७०

हात जोडेर भन्छु समयमै संविधान बनाइदिनुसः राष्ट्रपति

हिमालखबर

सिरहाको सारश्वरमा आयोजित विश्वकल्याण शान्ति महायज्ञको उद्घाटन समारोहलाई २७ चैतमा सम्बोधन गर्दै राष्ट्रपति रामवरण यादवले चुरेमा बन विनाश हुँदा तराईमा पानीको स्रोत नै सुकेर उब्जाउ जग्गा मरुभूमिमा परिणत भएको, पोखरी, इनार, तालतलैया सुकेको भन्दै राष्ट्रपतिले अब पनि चुरे जङ्गल संरक्षण नभए सबैभन्दा बढी समस्या तराईवासीले खेप्नुपर्ने बताए ।

देशमा संविधान बनोस, शान्ति बहाली होस र सामाजिक, आर्थिक, सांस्कृतिकलगायत हरेक पक्षको सुरक्षा होस् भन्ने जनताको चाहना रहेको र आफूले त्यही अनुसार दलहरूलाई सुझाव दिने गरेको उनले भने ।

“म हात जोडेर सबै नेता र प्रधानमन्त्रीज्यूलाई भन्छु, सबै मिलेर समयमा संविधान बनाइदिनुस्,” राष्ट्रपतिले भने । देशमा एकता, अखण्डता साथै सुशासनका लागि सबैले प्रयास गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>