समाचारबिहीबार, भाद्र १४, २०६९

पूर्व मन्त्रीका छोरामाथि दुई नागरिकता लिएको मुद्दा

रासस

पर्वत कटुवाचौपारी-५ घर भई लामो समयदेखि चितवनमा बस्दै आउनुभएका पौडेलको नागरिकता चितवन जिल्लाकै छ । उनका ४७ वर्षीय छोराले अहिलेसम्म नागरिकता नलिएको विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय(जिप्रका) पर्वतबाट गत ४ साउनमा ५१-०१-६९-००९२१ नम्बरको नागरिकता सागर शर्मा पौडेलको नाममा लिएका हुन् ।

पूर्वराज्यमन्त्रीको परिवारका सबै सदस्यको चितवनबाटै नागरिकता बनेकाले सागरको समेत चितवनबाट यसअघि अरु नै नाममा नागरिकता लिइसकेको अनुमान गरिएको छ । सागरले चितवनबाट नागरिकता र राहदानी लिई विदेशसमेत गएर आएको बताइन्छ । ‘पहिलेको नागरिकताको नाममा उनी कुनै अपराधमा फसेकाले नयाँ नाममा पर्वतबाट नागरिकता लिएको हुनुपर्छ’ स्रोतले भन्यो । उक्त नागरिकतामा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको निर्देशनमा सहायक प्रजिअ तुलसी पौडेलले हस्ताक्षर गरेका छन् ।

ज्रि्रकाले दोस्रो नागरिकता लिएको आशङ्का गरी उनलाई राहदानी नदिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छ । सागरले पर्वतबाट राहदानीका लागि सिफारिस नलिएको तर अन्यत्रबाट बसाइँसराइका आधारमा सिफारिस गरेर लिन सक्ने आशङ्का गर्दै गत २४ साउनमा पत्र पठाइएको थियो भने साउन २९ गते नागरिकता आशङ्काको घेरामा परेको भन्दै अनुसन्धान पूरा नभएसम्म नागरिकता नदिन भनिएको छ । ‘अनुसन्धान जारी रहेसम्म निज-सागर) राहदानी लिन आएमा ज्रि्रका वा जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क राख्न पठाइदिनुहोला’ भनिएको छ । ज्रि्रका स्रोतले छानबिन भइरहेको र अहिलेसम्म यकिन नभएकाले आशङ्काकै घेरामा रहेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी केसीले समस्या परेको भन्दै आएकाले विश्वासका आधारमा नागरिकता दिइएको स्वीकारे । “पहिले लिएका छैनन् भन्ने विश्वासका आधारमा दिइएको हो”-उहाँले भन्नुभयो- “गाविस सचिवले सिफारिस गर्न नमानेपछि आशङ्कामा छानबिन थालेका हौँ ।”
नागरिकताको प्रमाणपत्र लिनका लागि गाविस सचिवले सिफारिस गर्नुपर्छ । कटुवाचौपारी गाविसका सचिव शिवप्रसाद अधिकारीले नागरिकताको सिफारिस गर्नका लागि केही समय बुझ्नुपर्ने बताएपछि जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको सिफारिस गर्नुभएको छ । सापकोटाले स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालको निर्देशनमा सिफारिस गरेको बताइएको छ । स्थानीय विकास अधिकारी आफैले सिफारिस नगरी योजना अनुगमन तथा प्रशासकीय अधिकृतमार्फ सिफारिस गराएकाले त्यो वैधानिक नहुने स्रोतको दाबी छ ।

नागरिकता लिनका लागि अस्थायी अभिलेखमा नाम हुनुपर्ने तथा शैक्षिक योग्यताका प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ तर उक्त नागरिकतामा कुनै प्रमाणपत्र पेस नगरिए पनि नागरिकता दिइएको छ । र्सवसाधारण जनताले नागरिकता माग्न आउँदा अनेक प्रमाण खोज्ने स्थानीय प्रशासनले ठूलाबडाको भने गैरव्यक्तिको सिफारिसकै आधारमा नागरिकता बनाएको प्रशासनकै एक कर्मचारी बताउँछन् । गाविस सचिवलाई पछि सिफारिस गराउने गरी अधिकृत सापकोटालाई सिफारिस गराए पनि गाविस सचिव अधिकारीले सिफारिस गर्न मानेका छैनन् । नागरिकताको सिफारिस गर्ने अधिकार स्थानीय निकायबाहेक अरुलाई छैन ।

नागरिकतामा बाबु नारायण शर्मा पौडेल र र काका जिविस पर्वतका पूर्वउपसभापति राम शर्मा पौडेलले पहिले नागरिकता नलिएको भनी सनाखत गरेका छन् । उनी लामो समयसम्म भारतको आसाममा बसेका थिए । पर्ूव राज्यमन्त्री शर्माको आर्थिक अवस्था सामान्य र राजनीतिक आन्दोलनमा लागेका कारण मावलीले नै सागरलाई पालनपोषण गरेको बताइएको छ । उनले अहिलेसम्म नागरिकता नलिएको र विवरण पनि झुटो नभएको काका राम शर्मा पौडेलले बताए ।

लामो समयसम्म आसाममा बसेकाले नेपाली नागरिकता नलिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी केसीले भने दुई ठाउँबाट नागरिकता लिएको भेटिएमा छानबिन गरी रद्द गर्ने र कानुनी प्रक्रिया सुरु गरिने बताए । “अहिले नै दोहोरो हो भन्न सकिने अवस्था छैन” उनले भने, “छानबिनका क्रममा त्यस्तो देखिएमा कानुनी कारबाही गछौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>