थप समाचारशुक्रबार, चैत्र २८, २०७०
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
प्रहरीका अनुसार भे.३.त ८९४६ नम्बरको मोटरसाइकल जाजरकोटको छेडलिर्तामा २७ चैत राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार खलङ्गा–३ का अन्दाजी २५ वर्षीय शिवनारायण कार्की र मोटरसाइकल पछाडि सवार रुकुम पुर्तिकाँडा–२ गिठाकोटकी हीरा पुनको मृत्यु भएको छ ।
मोटरसाइकल सडकदेखि ३५ मिटर तल भेरीनदीमा खसेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए ।
शवलाई जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको छ ।
