थप समाचारशुक्रबार, चैत्र २८, २०७०

माटो खन्दा दुई बालिकाको मृत्यु

हिमालखबर

फाईल तस्वीरः दोलखा भीमेश्वर– ६ मा रातो माटो खन्दै स्थानीय महिला

दोलखाको खोपाचागु–३ साउनेपानी पवैनीमा रातोमाटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा खोपाचागु–१ की ११ बर्षीया प्रमिला थामी र खोपाचागु–५ की १२ बर्षीया बेसरी थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी खोपाचागुकै ३४ वर्षीया सन्तमाया नेपाली र १३ वर्षीया मानसी श्रेष्ठ घाईते भएका छन् ।

घर लिप्ने माटो खन्ने क्रममा नेपालका विशेषगरी पहाडी जिल्लामा महिलाहरुको पुरिएर मृत्यु हुने गरेको छ । माटो खन्दाखन्दा गहिरो भइसकेको खाल्डोभित्र पस्दा हुने जोखिमको अनुमान गर्ननसक्दा यस्तो दुर्घटना हुने गरेको छ ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>