समाचारशुक्रबार, चैत्र २८, २०७०

बाबुराम भट्टराई विनोद चौधरीको उद्योगबाट प्रभावित

हिमालखबर

२८ चैतमा नवलपरासी आएका एमाओवादी नेता बाबुराम भट्टराईले आर्थिक र राजनीतिक क्रान्ति एक अर्काको परिपूरक भएको भन्दै अबको केही वर्ष आर्थिक क्रान्तिमा लाग्नु जरुरी भएको बताएका छन् ।

देशकै ठूलो व्यापारिक घराना चौधरी समूहको उद्योग ग्राम अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, “एउटा औद्योगिक घरानाले त यति धेरै गर्न सक्छ, राज्य नै लाग्यो भने कति होला । अबको क्रान्ति आर्थिक विकासकै हो ।” उनले थपे, “विनोद चौधरीको उद्योग र यसको उत्पादनबाट म प्रभावित भएँ ।”

उनले आलु चिप्स, वियरजस्ता उत्पादनका लागि बाहिरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भन्दै स्वदेशमा नै कच्चा पदार्थ उत्पादन गर्न राज्यले नीतिगत रुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

रोजगारी बढाउन पूँजी, श्रम र बजारको संयोजन हुनुपर्ने भन्दै भट्टराईले राज्यले आफैं कारखाना नखोली नीजि क्षेत्रलाई नै बढावा दिन आबश्यक भएको धारणा व्यक्त गरे ।

चौधरी उद्योगको विकासको मोडेल र उत्पादनको मोडेललाई सरकारले बढवा दिन आवश्यक रहेको भन्दै भट्टराईले उत्तर र दक्षिणका छिमेकमा रहेका ठूला बजारको फाइदा नेपालले उठाउनु आवश्यक रहेको दोहोर्‍याएका थिए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>