समाचारशुक्रबार, भाद्र १५, २०६९
काँग्रेस महासमिति बैठक जनकपुरमा नहुने
स्थानीय आयोजकले असमर्थता जनाएपछि बैठक नहुने भएको हो । १४ भदौमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय आयोजकका तर्फबाट बिमलेन्द्र निधीले तोकिएको मितिमा महासमिति बैठक गर्न नसकिने जानकारी दिएको केन्द्रीय सदस्य दिलेन्द्र बडुले बताए।
निधिले यस्तो जानकारी गराएपछि यसबारे टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिइएको बडुले जानकारी दिए । अब महासमिति बैठक अर्को ठाउँमा गर्ने कि जनकपुरमै गर्ने भन्नेबारे पदाधिकारीले टुंगो लगाउने उनले बताए ।
