थप समाचारशुक्रबार, चैत्र २८, २०७०
बालिकाको बलात्कारपछि हत्या
भारतको रक्सौल घर भई मामाघर कलैया १० मा बस्दै आएकी ७ बर्षीया बालिकाको बलात्कार पछि हत्या भएको छ ।
२७ चैत साँझ ६:३० बजे मामाघरबाट हराएकी बालिकालाई प्रहरीले राति १२ बजे घरभन्दा दुई सय मिटर टाढा अचेत अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार बालिकालाई तत्काल उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारका क्रममा बालिकाको अस्पतालमै निधन भएको छ ।
घटनाबारे थप अनुसन्धान र घटनामा संलग्न भएकाहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ
गत २० चैतमा बाराकै सिंहासनी–६ की १७ बर्षीया किशोरी सरिताकुमारी महराको पनि बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो । हत्यामा संलग्न भनिएका स्थानीय युवक अजय साह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्याम गुप्ता, बारा
