समाचारशनिबार, चैत्र २९, २०७०
स्वाचालित हतियारसहित ८ पक्राउ
इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाका अनुसार एक थान इटालीयन स्वचालीत पेस्तोल, एक थान कटुवा पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जीनसहित ८ जनालाई २८ चैत राति पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा रामनगर मिर्चैयाका बद्री यादव, धनेश्वर यादव, राजकुमार महतो, दिपेन्द्रकुमार साह, बोरा मुखिया, धिरेन्द्र कुमार मण्डल, फुलकाहाकट्टिका सञ्जय शर्मा र इटारी पर्साहीका लेखनाथप्रसाद यादव छन् ।
उनीहरुका साथबाट प्रहरीले बा ४ च ४००० नम्बरको इन्डीका कार र स ३ प ९२६६ मोटरसाइकल र भारतीय मोबाइल कम्पनीको तीन थान सिमकार्ड समेत बरामद गरेको छ।
राति हल्ला गरिरहेको अवस्थामा गस्तीमा रहेको इन्सपेक्टर नवराज सुवेदीको टोलीले खानतलासी गरी उनीहरुलाई पक्राउ हो।
पक्राउमध्ये केही यसअघि अपहरण, चन्दा असुली, ज्यानमार्ने उद्योग लगायतका अपराधमा कार्वाही भोगिसकेका व्यक्ति भएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
