समाचारशनिबार, चैत्र २९, २०७०
ट्रक लुटेरा पक्राउ
गोरखा नगरपालिका–६ का विपिनचन्द्र ढकाललाई काठमाडौं लेजाँदै गरिएको रु ३२ लाख बराबरको समानसहितको ट्रक अपहरण गरेर खोप्लाङका बुद्धिबहादुर कुमालको घरमा राखेको आरोपमा पक्राउ गरेको छ । उनलाई २८ चैतमा आफ्नै घरबाट प्रहरीले पक्राउ गरी चितवन प्रहरीलाई बुझाएको छ ।
प्रहरीले ढकालको घरबाट लुटिएको काजु र जिरा बरामद् गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा थालाजुङका अरुण गुरुङलाई समेत पक्राउ परेका छन् ।
उनीहरुले ९ चैतमा ना ३ ख ७६४१ नम्बरको ट्रकलाई चितवनको काली खोलाबाट नियन्त्रणमा लिएर समान लुटेका थिए । उनीहरुलाई चार दिनको म्याद थप गरी चितवन जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
नेकपा एमाले जिल्लाका प्रवक्ता, किसान महासङ्घको जिल्ला अध्यक्ष रही काम गरिसकेका ढकाल दोस्रो संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए ।
उनी शक्ति उच्च माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत हुन् ।
रासस
