समाचारशुक्रबार, भाद्र १५, २०६९

प्रधानमन्त्री भट्टराईद्वारा शिखर सम्मेलनलाई सम्बोधन

हिमालखबर

प्रधानमन्त्री भट्टराईले १५ बिहान ११ बजे सम्बोधन सम्मेलनलाई सम्बोधन गरेका हुन । प्रधानमन्त्रीले विश्व शान्ति र भाइचारामा जोड दिँदै नेपालमा जारी शान्ति प्रकि्रया र संविधान निर्माणको प्रकि्रयालाई अगाडि बढाइरहेको धारणा राखेका थिए ।

यसैबीच प्रधानमन्त्री भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिँहबीच भेटवार्ता भएको छ । संलग्न राष्ट्रहरुको शिखर सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा बढी समय भएको भेटमा नेपालको पछिल्लो राजनीतिक स्थिति र राजनीतिक दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे कुराकानी भएको प्रधानमन्त्री भट्टराईले जानकारी दिए ।

भेटका क्रममा प्रधानमन्त्री भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २०० मेगावाट विद्युत् पूर्णरुपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा प्रसारण लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री सिँहले तत्काल २०० मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउने भन्ने विगतको सहमतिअनुसार नै उपलब्ध गराइने बताएका थिए ।

दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासम्म जनताको जीवनस्तर उठ्न नसक्ने भएकाले यसतर्फ नेपाल सरकार लागेको र त्यसमा सहयोग गर्न भारत सरकारलाई प्रधानमन्त्री भट्टराईले आग्रह गरेका थिए ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विशेष चासो राखेका भारतीय प्रधानमन्त्री सिँहले राजनीतिक सङ्कटको समाधान नेपालका राजनीतिक दलहरुको सहमतिमै निस्कने विश्वास व्यक्त गरेका थिए ।

यसैबीच असंलग्न राष्ट्रको शिखर सम्मेलनमा आजको सत्र सुरु भएको छ ।  तेहरानको मध्य भागमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शिखर सम्मेलनको दोस्रो दिनको सत्र स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको हो ।

आज सरकार प्रमुख तथा राष्ट्र प्रमुखले आआफ्नो धारणा राखेपछि तेहरान घोषणापत्र जारी गरेर समापन गर्ने कार्यक्रम रहेको ‘नाम’ सम्मेलनको सचिवालयले जनाएको छ ।  समापन समारोहभन्दा पहिले तेहरान घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>