थप समाचारशनिबार, चैत्र २९, २०७०
‘फेसबुक युवतीको आत्मविश्वासको दुस्मन ! ’
अनुसन्धानकर्ताका अनुसार अरुको तस्वीर हेर्न धेरै समय खर्चिने महिलाहरुमा आफ्नो रुप–सौन्दर्य र ‘बडी इमेज’ प्रति हिनभावना पैदा हुने खतरा धेरै हुन्छ ।
ओहियो युनिभर्सिटी, युनिवर्सिटी अफ आइवा र स्ट्रैथक्लिडे यूनिवर्सिटीका शोधकर्ताहरुले क्याम्पस पढने ८८१ छात्राहरुमा गरेको अध्ययनबाट उक्त निष्कर्ष निकालेका हुन् ।
अध्ययन्का अनुसार जुन महिलाले सोशल मिडियामा सेल्फी (आफैंले खिचेको आफ्नो तस्वीर) र अरु तस्वीर धेरै अपलोड गर्छन उनीहरुले अरुसँग आफूलाई नकारात्मकरुपमा तुलना गरेको पाइएको छ ।
वेलायत र अमेरिकका यि विशेषज्ञहरुका अनुसार चिनजानका साथीहरुको तस्वीरले चर्चित व्यक्तिहरुका तस्वीरभन्दा बढी प्रभाव पार्छ ।
‘बडी इमेज’ मा सोशल मिडियाले पार्ने नकारात्मक असरबारे पहिलो पटक यही अध्ययन्ले पत्ता लगाएको हो ।
अध्ययनले पुरुषहरुका तुलनामा नवयुवतीहरुले फेसबुकजस्ता सोशल मिडियामा बढी समय विताउने पनि उल्लेख गरेको छ । उनीहरु इन्टरनेटमा आफ्ना अनेकौं पोजका तस्वीरहरु शेयर गर्छन् ।
अध्ययनमा संलग्न छात्राहरुलाई फेसबुकको प्रयोग, खान–पान, कसरत र बडी इमेजका बारेमा प्रश्न सोधिएको थियो । उक्त अध्ययनमा फेसबुक र खानपानको अनियमितताबीच भने कुनै सम्बन्ध भेटिएन । तर सोशल नेटवर्कमा विताएको समय र बडी इमेजका बीच नकारात्मक सम्बन्ध हुन्छ भन्ने चाहीं अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन्का अनुसार फेसबुकमा धेरै समय विताउने महिलाहरु आफ्ना साथीको फिगर, लुक र बडी इमेज आफूसँग दाँज्दै गर्दा उनीहरुमा आफ्नो रंगरुपबारेमा नकारात्मक सोच पैदा हुनथाल्छ ।
शोधकर्तामध्येकी स्ट्रैथक्लिडे यूनिवर्सिटीकी पेत्या इक्लरका अनुसार सोशल मीडियामा व्यक्तित्व र शारीरिक रुपरंगसँग जोडिएको प्रभाव परंपरागत मीडियाको तुलनामा निकै खतरनाक हुने पाइएको छ ।
सोशल मिडियामा रहेका आफूसँग परिचितहरुको आफूसँग तुलना गर्नु निकै अप्रसांगिक र नकारात्मक हुनेगर्छ ।
आफ्नो तौल र बडी इमेज अहिले सबैको चासोको विषय भएको छ, संसारभरका महिलाहरु यसप्रति चिन्ता व्यक्त गरिरहेका छन् । शोध भन्छ, “शारीरिक तौल बढिरहेका किशोरी वा युवतीहरु आफ्नो शारीरिक पहिचान स्थापित गर्ने प्रयाशमा हुन्छन् । यस्तो बेला कुनै चर्चित महिलाको शरीर, पहिरन र रंगरुपप्रतिको आकर्षणले उनीहरुमाथि दबाब बढ्ने गर्छ ।”
यस्तो बेला युवतीहरुले आफ्नो लुक र बडी इमेज फिल्मका अभिनेत्री र मोडेल वा आफ्नै साथीसँग दाँज्न थाले भने उनीहरुलाई झट्का लाग्छ ।

