समाचारशनिबार, चैत्र २९, २०७०
रमेश खरेल चेनअफ कमाण्डमै छन्ः आइजीपी
गृहमन्त्री बामदेव गौतमले केहीअघि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेल ‘चेन आफ कमाण्ड’ भन्दा बाहिर गएको भन्दै गरेको टिप्पणी विपरित नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको यस्तो भनाई आएको हो ।
कैलालीको धनगढीमा २९ चैतमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी महानिरिक्षक अर्यालले सिङ्गो नेपाल प्रहरी चेन अफ कमाण्डमा चल्ने भएकाले खरेल पनि सोही अनुसार चलेको बताए ।
उनले संगठनका कोही पनि ‘चेन आफ कमाण्ड’ भन्दा बाहिर नगएको दाबी गरे ।
नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक पदमा रहेको रिक्तताले दैनिक कामकाज प्रभावित भएको भन्दै अर्यालले बढुवा प्रक्रियामा सरकारले ढिलाइ गरिरहेको गुनासो गरे ।
सुदूरपश्चिम प्रहरीले शुरु गरेको बस्ती भेटघाट कार्यक्रमको शुभारम्भ गर्न महानिरिक्षक अर्याल धनगढी पुगेका हुन्।
