समाचारशुक्रबार, भाद्र १५, २०६९

संविधानका विवादित विषयमा छलफल शुरु

हिमालखबर

बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विघटित संविधानसभाले मिलाउन नसकेका विवादित विषयबाट छलफल सुरु गरिएको र एक दुईदिन भित्र सहमति खोजिने बताए ।

करिब तीन घण्टा चलेको बैठकमा संविधानका समग्र विवादित विषयमा छलफल भएको  कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले विवादित विषय टुंग्याउने लगायत प्याकेजमा सहमति खोज्ने उल्लेख गरे ।

एमाले महासचिव इश्वर पोखरेलले १६ भदौमा पनि दलहरुबीच छलफल हुने जानकारी दिए । दलहरुबीच राज्यपुनस्रंरचनाका आधार, प्रदेशको सिमांकन, नामांकन, निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका विषयमा सहमति जुट्न नसक्दा संविधानसभा विघटन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>