समाचारशुक्रबार, भाद्र १५, २०६९

संविधानसभा पुनःस्थापना र संसदको चुनावबारे कांग्रेसमा चर्को मतभेद

हिमालखबर

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा संविधानसभा पुनःस्थापना र संसदको चुनावमा जाने विषयमा मतभेद चर्किएको हो । कांग्रेस स्रोतकाअनसार अधिकांश सदस्यले राष्ट्रिय सहमतिको सरकार गठन गरेर चुनावमै जानुपर्नेमा जोड दिएका छन्न केहिले संविधानसभा पुनःस्थापना गर्नुपर्ने जिकिर गरेका छन् ।

संविधानका विवादित विषय लिपिबद्ध गरेर जनमत संग्रहमा लैजानु पर्नेमा पनि केही केन्द्रीय सदस्यले जोड दिएको केन्द्रीय सदस्य दिलेन्द्र बडुले बताए । उहाँले केही सदस्यले भने विवादित विषयमा सहमति भए संविधानसभा पुनस्थापना गर्ने र संसदको चुनावमा जान सकिनेमा पनि जोड दिएका छन् । तर यसका लागि पनि सहमतीय सरकार बन्नुपर्ने र त्यसले संबैधानिक अड्चन टुङ्गयाउनु पर्ने उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>