समाचारसोमबार, बैशाख १, २०७१

कवि क्षेत्रप्रताप अधिकारी रहेनन्

हिमालखबर

२९ चैत राति हृदयाघातपछि अस्पताल भर्ना गरिएका कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको ३० चैत राति ७२ वर्षको उमेरमा निधन भएको छ ।

कठमाडौंको बाँसवारीस्थित गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा ३० चैत राति ८:१४ मा अधिकारीको निधन भएको अस्पतालले जनाएको छ ।

क्षेत्रप्रताप अधिकारीको जन्म विसं १९९९ चैतमा तनहुँको मिर्लुङ गाविसको ज्यामरूक कथापानी गाउँमा भएको थियो ।
गीतकारका रूपमा प्रसिद्धि कमाएका अधिकारीका थुप्रै कविता संग्रह प्रकाशित छन् ।

‘रहर लागेर’, ‘गामबेसीका गीत’, ‘पहाडेखि पहाडसम्म’, ‘नफुलेका फूलहरू’, ‘फेरि एउटा परिवर्तन’, ‘तर देश हारिरहेछ’, ‘अकविता’ ‘युद्ध र छाया’ नामका कृतिहरु प्रकाशित छन् ।

अधिकारीका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ ।
पञ्चायतकालमा शिक्षा सहायकमन्त्री समेत भएका अधिकारी कुनै बेला बसमा परिचालकको कामसमेत गरेका थिए ।

अधिकारीका दुई छोरा छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>