समाचारसोमबार, बैशाख १, २०७१

कवि अधिकारीको शव अस्पताललाई, काजक्रिया नगरिने

हिमालखबर

कवि एवम् गीतकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर उनकै इच्छाअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिने र काजक्रिया पनि नगरिने पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारीको ३० चैत राति गङ्गालाल हृदय केन्द्र काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

२ बैशाख विहान काठमाडौंको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण गरिने छ । अहिले उनकोे शव अस्पतालमै राखिएको छ भने भेटघाटका लागि आउने आफन्त उनको निवासमा पुगेका छन् ।

तनहुँको मिर्लुङमा जन्मिएका अधिकारीका ‘म त लालीगुराँस भएछु…’ लगायत गीत चर्चित छन् । उनका ‘रहर लागेर’, पहाडदेखि पहाडसम्म’, फेरि एउटा परिवर्तन’, ‘तर देश रोइरहेछ’ आदि कृति प्रकाशित छन् । अधिकारीका गीतलाई नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण ढकाल आदिले सङ्गीत र स्वरबद्ध गरेका छन् ।

पञ्चायतकालमा सहायक शिक्षामन्त्री भएका अधिकारी ७२ वर्षका थिए । अधिकारीका दुई छोरा छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>