समाचारमंगलबार, बैशाख २, २०७१

कृष्णप्रसाद हत्याका अभियुक्तहरुको बयान शुरु

हिमालखबर

चितवन जिल्ला अदालत पुर्‍याइएका अभियुक्त छविलाल पौडेल र भीमसेन पौडेललाई अन्य मुद्दाको चापका कारण ३ बैशाखबाट मात्रै बयान लिने भन्दै शुरुमा प्रहरीले फिर्ता लगेकामा पुनः अपराह्न ४ बजेबाट अदालतमा बयान शुरु भएको छ ।

अभियुक्त छविलालसँग अदालतले आजदेखि बयान थालेको श्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए । उनका अनुसार बयान लिंदालिंदै साँझ परेर कार्यालय समय सक्किएकाले ३ बैशाखमा पुनः बयान लिइनेछ ।

३० चैतमा सरकारी वकिलको कार्यालय चितवनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पौडेलद्वयलगायत १३ जना विरुद्ध सर्वस्वसहित जन्म कैद मागसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । हत्या अन्यअभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ

सविता श्रेष्ठ, चितवन
—————————————————————

कृष्णप्रसाद हत्याका अभियुक्तहरुको बयान लिन ढिलाई
कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तहरुको अदालतले बयान लिने कार्य शुरु हुन सकेको छैन ।

मंगलबार , २ वैशाख २०७१ ३:०४ पम

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्तहरुविरुद्ध ३० चैतमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा २ बैशाखबाट बयान लिने भनिए पनि अझै बयान शुरु हुन सकेको छैन ।

अदालतले बयान लिएपछि थुनछेक सम्बन्धी बहस गर्ने भनिए पनि अन्य मुद्दाको चाप धेरै भएकोले बयान शुरु हुन नसकेको चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा १३ जनालाई सर्वस्वसहित जन्म कैदको माग गर्दै ३० चैतमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

अभियुक्तका पक्षबाट बहस गर्न बार एशोसिएसनका पूर्व महासचिव रमनकुमार श्रेष्ठ, अधिवक्ता चण्डेश्वर श्रेष्ठलगायत १५ जना कानून व्यवसायीले नाम दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>