समाचारमंगलबार, बैशाख २, २०७१
क्यान र खेलाडीबीचको वार्ता निष्कर्षविहिन
आन्दोलित खेलाडी र क्यानबीच २ बैशाखमा भएको वार्तामा कुनै निर्णय हुन नसकेपछि वार्ता ३ बैशाख दिउँसो पुनः हुने भएको छ ।
खेलकुदमन्त्रालयका सह–सचिव शान्तिराम शर्माको उपस्थितिमा भएको वार्तामा कुनै निष्कर्ष नआएको बताए । “हामीले आफ्नो भत्ता बढाउनका लागि खेल बहिस्कार गरेका होइनौं,” उनले भने,“समग्र क्रिकेटको विकाश हाम्रो माग हो ।”
उनले क्यानले कहिल्यै पनि खेलको विकासमा उचित ध्यान दिन नसकेको आरोप लगाउँदै यु–१९ र महिला क्रिकेटमा पनि त्यसको नकारात्मक प्रभाव परेको बताएका थिए ।
वार्तामा खेलाडीहरुको नेतृत्व पारस खड्काले गरेका थिए भने क्यानका तर्फबाट चतुरबहादुर चन्द थिए ।
भोली हुने वार्तामा खेलकुद परिषद्का प्रतिनिधिसमेत सहभागी हुनेछन् ।
दीपेन्द्र सापकोटा
