थप समाचारमंगलबार, बैशाख २, २०७१
नाइजेरियाः दुई सय छात्राको अपहरण
नाइजरियाको बोरनो शहरस्थित एक विद्यालयमा केही बंदूकधारी गएर छात्रावासमा बसेका छात्राहरुलाई चारवटा ट्रकमा राखेर अपहरण गरेका छन् ।
बीबीसीका अनुसार यस घटनामा कम्तीमा पनि २०० छात्राहरुको अपहरण भएको अभिभावकहरुले बताएका छन् । यस घटनामा इस्लामिक चरमपन्थी संगठन बोको हरामको हात हुनसक्ने अनुमान गरिएको छ ।
सोमवार राजधानी अबुजाको बाहरी क्षेत्रमा एक बस स्टेंडमा भएको दुइ बम विस्फोटमा ७० जनाको ज्यान गएको थियो । यो घटनामा पनि बोको हरामकै हात रहेको नाइजेरियाली अधिकारीहरुले बताएका थिए ।
ट्रकमा राख्दै गर्दा केही छात्राहरु भने भाग्न पनि सफल भएको बीबीसीले उल्लेख गरेको छ ।
