समाचारबुधबार, बैशाख ३, २०७१
दाहालपुत्र प्रकाशले हाँकेको गाडी दुर्घटनामा
२ बैशाख साँझ बर्दियाको बबै नदी पुल नजिक प्रकाश दाहालसहित तीन जना चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते भएका मुकेश दराई कोहलपुर मेडिकल कलेज, बाँकेमा भर्ना भएका छन् । प्रकाश दाहाल र मिलन डाङी सम्पर्कबाहिर रहेको वर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।
दुर्घटना भए लगत्तै बबई पुलमा सुरक्षार्थ खटीएका नेपाली सेनाले उद्धार गरी उपचारका लागि नेपालगंज मेडिकल कलेज पठाएको थियो । त्यसबेला दराईले मात्र आफ्नो परिचय खोलेका थिए भने प्रकाश र मिलनले परिचय खोलेनन् ।
गाडी तिव्र गतिका कारण अनियन्त्रित भई बबै पुल नजिकको घुम्तीमा पहाडको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
गाडी प्रकाश आफैंले हाँकेको र उनीहरु कोहलपुर मेडिकल कलेजमा दराईलाई भर्ना गराई सम्पर्क बाहिर रहेको प्रहरीको भनाई छ ।
प्रकाश धनगढीमा रहेकी प्रेमिका बिना मगरलाई भेट्न जाँदै गर्दा दुर्घटना भएको बुझिएको छ ।
तुफान न्यौपाने

