समाचारबुधबार, बैशाख ३, २०७१

चितवन जिल्ला अदालतमा एमाओवादीको नाराबाजी

हिमालखबर

३ बैशाख विहान जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका एमाओवादी नेता कार्यकर्ताहरुले जिल्ला अदालतमा अभियुक्तहरुको बयान शुरु भएपछि नारबाजी गरेका छन् ।

एमाओवादी केन्द्रीय सदस्य रहेको अध्यक्ष पुष्पकमल दाहालका भाई नारायाण दाहालको नेतृत्वमा जिल्ला अदालत पुगेको जुलुशले सरकार र अदालत विरोधी नाराबाजी गरेको हो ।

“अदालत सत्यलाई झुठ र झुठलाई सत्य बनाउने ठाउँ हो, त्यसैले हामी खबरदारी गर्न आएका हौं,” दाहालले भने ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा मुद्दा दर्ता गरिएका १३ जनाको मुद्दा फिर्ता गर्नुपर्ने र पक्राउ परेकालाई तत्काल रिहाई गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>