थप समाचारबुधबार, बैशाख ३, २०७१
जीप दुर्घटना हुँदा २ को मृत्यु
जाजरकोट सदरमुकाम खलंगाबाट पाँचकाटिया तर्फ गईरहेको भे १ ज ६०४ नम्वरको यात्रुवाहक जीप खलंगा–६ दारतातोपानीमा दुर्घटना हुँदा ढिमे ४ का २२ बर्षीय रामराजा सिंह र खलंगा–७ तिमिलेका ४५ बर्षीय दण्डवीर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते ढिमे–८ का २८ वर्षीय अनारकली सिंह र उनका छोराहरु १० बर्षका लोकेन्द्र र ७ बर्षका किरण तथा खलंगा ६ की कौशिला विकलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिहले जानकारी दिए ।
जीपमा सवार १० जना मध्ये अन्यको अवस्था भने सामान्य छ । उकालोको घुम्तीमा गाडी मोड्ने क्रममा बे्रक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
राजेन्द्र कार्की, जााजरकोट
