थप समाचारबिहीबार, बैशाख ४, २०७१
मुटुरोगीद्वारा सहयोगको आह्वान
टोलछिमेकमा निमेक गरी बुढी आमा पाल्दै आएकी लक्ष्मीलाई मुटुरोगले च्याप्दै गएपछि छिमेकीहरुले अन्नपात सहयोग गर्दे आएका छन् ।
लक्ष्मीका आफन्तले ४ बैशाखमा गरेको पत्रकार सम्मेलनमा लक्ष्मीका लागि सहयोग जुटाईदिन सबैसँग आग्रह गरेका छन् ।
ढेड बर्ष छँदै बुवा गुमाएकी लक्ष्मीलाई २०५५ सालमा मुटुको रोग लागेको पत्ता लागेको थियो । त्यसबेला छिमेकीले पैसा उठाएर दिएपछि उनको बीर अस्पतालमा शल्यक्रिया समेत भएको थियो । तर फेरि पुरानै रोग बल्झिएपछि अहिले गंगालाल अस्पतालले उनलाई तत्कालै मुटुको अप्रेसन गर्नुपर्ने बताएको छ ।
पैसाको अभाबमा शल्यक्रिय गर्न नसकेको लक्ष्मीका काका कृण्ण बहादुर पाण्डेले बताए ।
अहिले सम्म ६ लाख बढी खर्च भएको र अप्रेसन गर्न तत्काल रु ५ लाख अस्पतालले मागेको काका कृण्णले जनाकारी दिएका छन् ।
गाउँ छिमेकीले सकेजति सहयोग यसअघि नै गरिसकेकाले अब थप उपचारका लागि छिमेकीले नसक्ने स्थानीय चर बहादुर रानाले बताए ।
मुटुरोगी लक्ष्मीको एक महिनादेखि मुखबाट रतगका छिटाहरु आउन थालेका छन् ।
“बस्ने झुप्रो र पाखो बारी बाहेक केही छैन,” लक्ष्मीले भनिन्, “काम गर्न सक्ने सम्म भएपनि निमेक गर्न जान्थें ।
लक्ष्मीले आफुहलाई सहयोग गर्न चाहानेहरुले गरिमा बिकास बैङ्क लिमिटेड तानसेन पाल्पाको खाता नम्बर ००६०००१११२०५ मा पैसा जम्मा गरिदिन आग्रह गरेकी छिन् ।
देब पचभैया, पाल्पा
