समाचारबिहीबार, बैशाख ४, २०७१

एमाओवादीद्वारा फेरि संसद् अवरुद्ध

हिमालखबर

४ बैशाख दिउँसो ३ बजे संसद् वैठक शुरु भएलगत्तै एमाओवादी सभासदले अवरोध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले ५ बैशाख ११ बजे सम्मका लागि वैठक स्थगित भएको निर्णय सुनाएका छन् ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राऊ परेका दुई कार्यकर्ता रिहाई र सबै अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै एमाओवादीले ३ बैशाखमा पनि संसद वैठक अवरुद्ध पारेको थियो ।

एमाओवादीले बैठक अवरुद्ध पारेको यो चौथो पटक हो । यसअघि एकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा त्यसपछि सत्यनिरुपण तथा मेलमिलाप विधेयक नल्याएको भन्दै र तेस्रोपटक कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकालाई रिहा गर्न माग गर्दै एमाओवादीले संसद बैठक अवरुद्ध पारेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>