समाचारबिहीबार, बैशाख ४, २०७१

कृष्णप्रसाद पौडेल हत्याका अभियुक्त तारेखमा रिहा

हिमालखबर

कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका छविलाल पौडेललाई २० हजार रुपैयाँ धरौटी र भिमसेन पौडेललाई २७ हजार धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

त्यसैगरी घटनाका अन्य ११ अभियुक्तहरुलाई ७ दिनको पक्राउ पूर्जी आदेश जारी गरेको छ ।

चितवन जिल्ला अदालत भरतपुरमा ३ बैशाख दिउँसोबाट शुरु भएको कृष्णप्रसाद हत्या सम्बन्धी मुद्दाको बहस आज दिउँसो सकिएको थियो ।
————————————————————-
कृष्णप्रसाद हत्या मुद्दाको बहस सकियो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धमा चितवन जिल्ला अदालतमा परेको जाहेरीमाथिको बहस आज सकिएको छ ।

हिमालखबर
बिहीबार , ४ वैशाख २०७१ ५:५५ पम

1

चितवन जिल्ला अदालत भरतपुरमा ३ बैशाख दिउँसोेबाट शुरु भएको कृष्णप्रसाद हत्या सम्बन्धी मुद्दाको बहस आज दिउँसो सकिएको छ ।

प्रतिवादीका तर्फबाट २६ जना अधिवक्ताले बहस गरेको अदालतका श्रेस्तेदार विद्याराज पौडेलले बताए । जाहेरी पक्षका तर्फबाट जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालसाथै कानून व्यवसायीद्वय दिनेश त्रिपाठी र पुष्पराज पौडेलले बहस गरेका थिए ।

हत्या अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेलसहित १३ जना अभियुक्तका पक्षमा वरिष्ठ अधिवक्ता एवम् बाबुराम भट्टराई सरकारका बेला महान्यायाधीवक्ता रहेका मुक्तिनारायण प्रधान, बार एशोसिएसनका पूर्व महासचिव रमण श्रेष्ठ सहितका कानून व्यवसायीले बहस गरे ।

उनीहरूले मुद्दा खारेज गरी साधारण तारेखमा अभियुक्तको रिहाइ हुनुपर्ने माग गरे भने जिल्ला न्यायाधिवक्ता लम्सालले सर्वस्वसहित जन्मकैद मागको उक्त मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागदावी गरे ।

बहस सकिएसँगै लिखतको काम शुरु भएकाले आजै साँझसम्ममा थुनछेक आदेश हुन सक्ने श्रेस्तेदार पौडेलले बताए ।

मुद्दाको बहस मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासमा भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>