थप समाचारबिहीबार, बैशाख ४, २०७१

स्पाइनल इन्जुरी भएका तामाङ ह्वीलचेयरमा काभ्रेदेखि लुम्बिनीसम्म

हिमालखबर

खानी खोलामा ह्वीलचेयर गुडाउँदै तामाङ । तस्वीर सौजन्य: स्पाइनल इन्जुरी रिहाविलिटेशन सेन्टर

५ बैशाख बिहान ८ बजे सिद्वार्थ गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा पुगेर सिन्धुपाल्चोकका रामबहादुर तामाङले ३६६ किलोमिटर लामो यात्राको समापन गर्दैछन् । स्पाइनल इन्जुरीका कारण कम्मरदेखि मुनीको भाग नचल्ने ३१ वर्षीय तामाङले १० चैतमा काभ्रेको नमोवुद्धबाट ह्वीलचेयर यात्रा शुरु गरेका थिए ।

मांखा ५, सिन्धुपालचोकमा जन्मेका उनले एउटा आँखाले मात्र देख्न सक्छन् । पुष २०६७ मा बस दुर्घटनामा मेरुदण्डमा चोट लागेर कम्मरभन्दा मुनीको भाग नचल्ने भएका तामाङलाई दिशापिसाव आएको पनि थाहा हुँदैन ।

विगत चार वर्षदेखि ह्वीलचेयरको सहारामा रहेका तामाङ शारीरिक अपाङ्गताले जीवनको अन्त्य नहुने भन्दै स्पाइनल इन्जरीको रोकथाम, उद्दार, उपचार र पुनस्र्थापनाको महत्वको बारेमा जनचेतना जगाउन ह्वीलचेयर यात्रा शुरु गरेका हुन् ।

यात्राका क्रममा उनले बिभिन्न अस्पताल, समुदाय, रोटरी र लायन्स क्लबहरुका साथै स्पाइनल इन्जरी भएका ब्यक्तिहरुलाई समेत भेटेर चेतनामुलक ब्याख्यान साथै ‘प्रिजेन्टेसन’ दिइसकेका छन् ।

उनी आफैले रचना गरेका गीत सारङ्गीको धुनमा सुनाउँदै ह्वीलचेयर गुडाउँछन् ।

तमाङ्गले यात्रा ३५ दिनमा पूरा गर्ने लक्ष्य लिए पनि २६ दिनमै सो यात्रा पुरा गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>