खेलकुदशुक्रबार, बैशाख ५, २०७१
रुदीप मेमोरियल क्रिकेटः पाटनको लगातार दोस्रो जीत
खेलको दोस्रो दिन सैनिक आवसीय महाविद्यालय सल्लाघारीको मैदानमा भएको खेलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले किष्ट मेडिकल कलेजलाई ५३ रनको भारी अन्तरले हराएको हो ।
पाटनले २० ओभर खेल्दै किष्टलाई १५९ रनको चुनौति दिएको थियो । जवाफी ब्यटिङ्गमा ओर्लेको किष्टले १६ ओभरको समाप्तिमा १०५ रन जोड्दै अलआउट हुन पुग्यो ।
पाटनकातर्फबाट बिवेक केसीले ३७ रन, नहकुल शाही ले ३५ र रिसभ शर्माले अविजित ३३ रन जोडे भने ४ विकेट लिएका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अशोक यादव म्यान अफ द म्याच भएका थिए ।
त्यस्तै ३ बैशाखमा भएको खेलमा साविक विजेता नेपाल मेडिकल कलेजले आफ्नो पहिलो जित दर्ता गरेको छ ।
नेपाल मेडिकल कलेजले नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ विकेटले हराएको थियो ।
