थप समाचारशुक्रबार, बैशाख ५, २०७१

नोबेल विजेता उपन्यासकार मार्केजको निधन

हिमालखबर

फाइल तस्वीर: एपी

चर्चित उपन्यासकार, पत्रकार एवम् राजनीतिक विश्लेषक गार्सिया मार्केज़को बिहीबार मेक्सिकोमा ८७ वर्षको उमेरमा निधन भएको छ । मार्केज़ उनको कालजयी उपन्यास ‘हन्ड्रेड इयर्स अफ सलिट्यूड’ का लागि विश्वप्रख्यात छन् ।

यस पुस्तकका बारेमा न्यूयॉर्क टाइम्सले लेखेको थियो, ‘बुक अफ जेनेसिसपछि यो साहित्यमा त्यस्तो पहिलो कृति हो जसलाई सम्पूर्ण मानव समूदायले पढनु पर्छ ।’

पेरिस, भेनेजुएला र मेक्सिकोमा जीवनको अधिक समय विताएका मार्केज पत्रकारिता पनि गर्थे ।

१८ महिना लगाएर उनले १९६५ मा ‘हन्ड्रेड इयर्स अफ सोलीट्यूड’ लेखेका थिए ।

यो उपन्यासका ३ करोडभन्दा बढी प्रति विक्री भइसकेका छन् भने ३० भन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।

कोलम्बिया के राष्ट्रपति जुआन मैनुअल सान्टोसले मार्केज़ के निधनमा तीन(दिवसीय शोकको घोषणा गरेका छन् ।
उनी सन् ज्ञढडद्द में साहित्यका नोबेल पुरस्कारबाट सम्मानित भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>