थप समाचारशुक्रबार, बैशाख ५, २०७१
गहिराइमा पानीको जोहो (सात तस्वीर)
खडेरीले पानी नै सुक्न थालेपछि पानीको जोहो गर्न स्थानीयबासिन्दाले इनार र ट्युवेल खन्न थालेका हुन् । उनीहरुले इनार र ट्युवेल मर्मत तथा खन्ने काम थालेका पालुङका अमराज कार्कीले बताए ।
पालुङका धेरैजसो स्थानीयबासिन्दा फेदीगाउँ खोलामा आश्रित थिए । अहिले खोला नै सुकेको छ ।
खडेरीका कारण सिमखोल्ची, बुँदघारी, सुन्दरीदेवी लगायतका पानीको मुहान सुकेको छ । पालुङका १५० भन्दा बढी परिवारमा खानेपानी अभाव भएको नवराज विष्टले बताए ।
पालुङमा अहिले तीन वटा इनार खनिसकेको र अरु तीन वटा खन्ने क्रममा रहेको उनको भनाइ छ । चरम खानेपानी अभावसँगै स्थानीयहरुले १० वटा ट्युवेल जडान थालेका छन् ।

खानेपानी अभाव भएपछि गाविसले समेत इनार खन्नको लागि सहयोग गरेको छ । तर, इनार खन्न स्थानीय जनशक्तिको अभाव हुने गरेको छ ।
शब्द/तस्वीरः सुरजकुमार भुजेल, मकवानपुर

