समाचारशुक्रबार, बैशाख ५, २०७१

हिमाल साउथएशियनलाई दिएको सहयोग दुरुपयोग भएको छैन: दूतावास

हिमालखबर

साउथ एशिया ट्रस्टका नाममा आएको करिब छ करोड रुपैयाँ नेपालको शान्ति प्रकृया भाँड्न खर्च गरिएको आरोप एमाओवादीले ४ बैशाखको संसद बैठकमा लगाएपछि दूतावासले त्यसको खण्डन गरेको छ।

दूतावासले ५ बैशाखमा विज्ञप्ति जारी गर्दै नर्वेको आर्थिक सहयोग पारदर्शी भएको र दूतावासको वेबसाइटमा सबै विवरण उपलब्ध रहेको जनाएको छ।

“हाम्रा साझेदारहरु समाज कल्याण परिषद्‌‍मा दर्ता भई स्वीकृति पाएकाहरु हुन्,” दूतावासले भनेको छ।

“हिमाल साउथएशिया म्यागाजिनलाई दूतावासले दिएको आर्थिक सहयोग दुरुपयोग भएको भन्ने आरोप विश्वास गर्ने कुनै कारण नभएको हामी स्पष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा नेपालका लागि नर्वेका राजदूत क्जिल टोरमोड पिटरसनले भनेका छन् ।”

नेपालको शान्तिप्रकृयामा शुरुदेखि सहयोग गरेको र संविधान निर्माण सम्पन्न नभएसम्म सहयोग जारी राख्ने दूतावासले प्रतिवद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>