समाचारशुक्रबार, बैशाख ५, २०७१

नर्वेले जलविद्युत्को क्षेत्रमा लगानी गर्ने

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालासँग ५ बैशाखमा भएको भेटमा नेपालका लागि नर्वेका राजदूत केजेल टर्मोड पिटर्सनले नेपालको ऊर्जा क्षेत्रमा विद्यमान असहज परिस्थिति कम गर्न नर्वेले लगानी गर्ने बताएका छन् ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै राजदूत पिटसर्नले सुशासन, शिक्षा र जलविद्युत् उत्पादनका क्षेत्रमा आफ्नो मुलुकले दिंदै आएको सहायतालाई निरन्तरता दिनेबारेमा प्रधानमन्त्रीलाई अवगत गराएको जानकारी दिए ।

विशेषगरी अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नर्वेको सहयोग रहने भन्दै उनले त्यसको प्रधानमन्त्री कोइरालाले स्वागत गरेको बताए ।

आफूहरुबीच नेपालको समसामयिक राजनीतिक अवस्था, दुईपक्षीय सम्बन्ध र साझा चासोका विषयमा विचारविमर्श भएको जानकारी पनि नर्वेली राजदूतले दिए ।

उनका अनुसार निर्धारित समयमा नै संविधान जारी गर्न आफू प्रतिबद्ध रहेको र सत्ता साझेदार दलका साथै विपक्षी पार्टीहरुसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको प्रधानमन्त्री कोइरालाले जानकारी दिएका थिए ।

नर्वेले नेपालमा ग्रामीण विकास, नवीकरणीय ऊर्जा, मानवअधिकार, लैङ्गिक समानता, प्रजातन्त्र, शान्ति र मेलमिलापका निम्ति सहयोग गर्दै आएको छ ।

सो अवसरमा राजदूत पिटर्सनले नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेगले प्रधानमन्त्री कोइरालालाई पठाएको बधाइ सन्देश पनि हस्तान्तरण गरेका थिए ।

नर्वेली प्रधानमन्त्रीले सबैका लागि शिक्षा, सुशासन प्रवद्र्धन र जलविद्युत् क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री कोइरालालाई पठाएको सन्देशमा उल्लेख छ ।

यसैबीच, नेपालका लागि मोरक्कोका राजदूत लार्बी रेफुवाले प्रधानमन्त्री कोइरालासँग शिष्टाचार भेट गरेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>