समाचारशुक्रबार, बैशाख ५, २०७१

हिमाल साउथएशियनको आपत्ति

हिमालखबर

‘साउथ एशिया ट्रष्ट’ द्वारा प्रकाशन हुने ‘हिमाल साउथएशियन’ का सम्पादकहरुले ५ वैशाखमा विज्ञप्ति जारी गरी बिना कुनै प्रमाण पत्रिकामाथि हावादारी आरोप लगाइएको भन्दै स्वतन्त्र मिडिया र अभिव्यक्तिको स्वतन्त्रतामाथि व्यवधान खडा गर्ने प्रयास भएको बताएका छन् ।

एमाओवादीले संसद्मा वितरण गरेको नर्वेको राजदूतावास र ट्रष्टबीच भएको सम्झौताको कागजात पहिलेदेखि नै नर्वेको वेबसाइट ( http:www.norway.org.np/Global/SiteFolders/webkat/NPL-13-0015 Grant-Letter.pdf ) र हिमाल साउथएशियनको वेबसाइट (www.himalmag.com) मा रहेको विज्ञप्तिमा उल्लेख छ ।

हिमाल साउथएशियन गैरनाफामूलक ट्रष्टबाट सञ्चालित रहेको साथै प्राप्त अनुदान रकम कहाँ कति खर्च भयो भन्ने बारेको फेहरिस्त वार्षिक लेखापरीक्षणसहित दाता र समाज कल्याण परिषदमा बुझाइने गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

“हिमाल साउथ एशियन एउटा संचार संस्था हो र यसका कामहरु हाम्रो वेबसाइट र प्रकाशित अंकहरुबाट सार्वजनिक भइरहेका हुन्छन् । हाम्रो काम दक्षिण एशियाली क्षेत्रको विकास, सहयोग र पत्रकारिताका लागि भएको तथ्य ती सामग्रीहरुबाट बुझ्न सकिन्छ,” विज्ञप्तिले भनेको छ ।

प्रकाशित सामग्रीप्रति आलोचनात्मक अवलोकनको स्वागत गरिने पनि हिमाल साउथएशियनले उल्लेख गरेकोे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>