समाचारआइतबार, बैशाख ७, २०७१

एक वर्षभित्र संविधानः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति, स्थायित्व र लोकतन्त्रका लागि एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गरिसक्ने बताएका हुन् । झापा, शनिश्चरे–८ सिके चोकमा नवनिर्मित सिके चिन्तन प्रतिष्ठान भवनको ७ बैशाखमा उदघाटन गर्दै उनले एक वर्षभित्रैमा संविधान बन्ने ढुक्क हुन सबैसित आग्रह गरे ।

उनले सिके प्रसाईंजस्ता प्रजातान्त्रिक समाजवादी नेताका चिन्तन, विचार र सिद्धान्तलाई पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रसाईंको सिद्धान्तनिष्ठ विचारलाई पालना गर्न सके शान्ति र लोकतन्त्रको प्रवद्र्धन भई द्वन्द्व नहुने उनले बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपालको प्रजातान्त्रिक आन्दोलनका चिन्तक प्रसाईं सरल, सहज र अध्ययनशील व्यक्तित्व भएको बताउँदै उनले देखाएको मार्ग र प्रेरणालाई आत्मसात् गर्नुपर्ने खाँचो औंल्याए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>