समाचारसोमबार, बैशाख ८, २०७१

दोलखामा दुर्घटना हुँदा दुईको मृत्यु

हिमालखबर

दोलखाको खिम्तीबाट रामेछापको फुलासी जाँदै गरेको ट्याक्टर ७ बैशाख राति भोर्लेमा खसेको हो । दुर्घटनामा परी ट्याक्टरका चालक महोत्तरी खरमारा घर भएका टिकाबहादुर श्रेष्ठ र रामेछाप गेलुका नीरबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

रामेछाप फुलासी–१ का विनोद श्रेष्ठको ना १ त ८३१२ नम्बरको ट्याक्टर रामेछापको ढाडे सिरिसेमा सामान पुर्‍याएर फर्कदै गर्दा  दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>