थप समाचारसोमबार, बैशाख ८, २०७१

गैंडा मरेनन्

हिमालखबर

तस्वीरहरुः सविता श्रेष्ठ

पछिल्लो गणना अनुसार नेपालमा ५३४ गैंडा रहेकोमा चितवनमा ५०३ छन् । चितवनमा सन् १९५० मा ८५० गैंडा रहेकोमा सन् १९६६ मा घटेर १०० थिए । सन् २००० मा गणना गर्दा ५४४ गैंडा पाइए । २००५ को गणनामा ३७२ गैंडा भेटिएकोमा २०११ मा गणना गर्दा ५०३ वटा थिए ।

५ फागुन २०६९ मा निकुञ्जको पश्चिमी भेगमा एउटा गैंडा मृत भेटिएपछि चोरी शिकारीबाट गैंडा मारिएका छैनन् । वि.सं २०३० मा गैंडा संरक्षणका लागि बनाइएको चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ भने आसपासका ७५० वर्ग किमीलाई मध्यवर्ती क्षेत्र बनाइएको छ ।

सफल संरक्षण

एक वर्षसम्म चोरी शिकारीले गैंडा नमारिएकाले पछिल्लो ३६५ दिनलाई ‘शून्य चोरी शिकारी समय’ भनिएको छ । सन् २०११ लाई पनि शून्य चोरी शिकारी वर्ष भनिएको थियो । २०१२ र २०१३ मा एक÷एक गैंडा चोरी शिकारीबाट मारिएका थिए । सशस्त्र द्वन्द्व चरम रहेको वि. सं. २०५८ मा चोरी शिकारीबाट ३७ गैंडा मारिएका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर खागका लागि वार्षिक १० भन्दा बढी गैंडाको शिकार हुने गरेकोमा शून्यमा झर्नुले संरक्षणको सफलता देखाएको बताउँछन्  ।

गैंडा चोरी शिकार हुनबाट जोगाएकोमा निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले यो वर्ष सम्मान पनि गरेको छ । विश्व वन्यजन्तु कोषका अन्तर्राष्ट्रिय अध्यक्ष योलान्दा काकावात्सेले चितवन आएर सम्मान प्रदान गरेका थिए । सो सम्मानले संरक्षणका गतिविधि गर्न थप हौसला मिलेको सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए ।

१२३ पोष्ट राखेर सुरक्षा गरेको नेपाली सेनाले यो निकुञ्जको थप सुरक्षाको लागि गत पुसदेखि हवाई गस्ती पनि थालेको छ । सुरक्षाको लागि गस्ती, क्याम्पिङ्ग अपरेशन, समुदायसँग सहकार्य र युवा परिचालन पनि गरिएको कुँवरले बताए । सुरक्षाका लागि निकुञ्जले तालिमप्राप्त कुकुर पाल्ने तयारी पनि गरिएको पौडेलले बताए ।

गैंडा मारेमा वा त्यसको अंग बेचबिखन गरेमा रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म जेल वा जेल र जरिवाना दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>