समाचारसोमबार, बैशाख ८, २०७१

संविधानसभाका समितिहरुको निर्वाचन १२ बैशाखमा

हिमालखबर

दलहरुबीच सहमति हुन नसकेपछि संविधानसभाका समितिहरुको सभापति चयनको निर्वाचन हुने भएको हो । सभापति चयनका लािग १२ बैशाख साँझ ५ बजे निर्वाचन तोकिएको छ ।

सहमतिमा सभापति छान्ने प्रमुख तीन दलको प्रयास असफल भएपछि संविधानसभा अध्यक्ष सुवास नेम्बाङले ८ बैशाखमा निर्वाचनको मिति तोकेका हुन् ।  संसद सचिवालयले निर्वाचनको सूचना टाँसेको छ । उम्मेदवारी दर्ताको समय ११ बैशाख बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको छ ।

प्रमुख तीन दलबीच संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीलाई, संविधान मस्यौदा समिति कांग्रेसलाई र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापति एमालेले गर्ने समझदारी भएको छ ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापति मधेस केन्द्रीत दल र साना दलहरुलाई दिने पनि तीन दलबीच समझदारी भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>