समाचारसोमबार, बैशाख ८, २०७१

एमाओवादी सभासदद्वारा अमेरिकी राजदुतलाई जेल हाल्नुपर्ने अभिव्यक्ति

हिमालखबर

एमाओवादी सभासद रामनारायण बिडारीले नेपालको विषयमा अभिव्यक्ति दिने विदेशीहरुलाई कारबाही गर्नुपर्ने बताएका हुन् । रिपोर्टर्स क्लबले ८ बैशाखमा गरेको कार्यक्रममा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयकको विषयमा अमेरिकी तथा युरोपियन राजदुतहरुले सिमा नाघेर अभिव्यक्ति दिने गरेको बताए ।

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

उनले यसरी सीमा नाघेर अभिव्यक्ति दिनेको भण्डाफोर गर्ने पनि उदघोष गरे । उनले भने, “विदेशी कानुन निर्माणको विषयमा चासो देखाएमा तुरुन्तै नेपाल फर्काइ दिन्छन्, त्यस्तै सरकार बलियो भएको भए उनीहरुलाई पनि जेल हाल्नुपथ्र्यो वा उनीहरुकै देशमा फर्कादिनुपथ्र्यो ।”

उनले सत्य निरुपण तथा मेलमिलाप आयोगले कसैलाई सजाय दिने भन्दा पनि मेलमिलाप गराउनका लागि बनाउन लागिएको तर्क गरे । हिंसात्मक द्वन्द्वकालिन मुद्दालाई प्रचलित फौजदारी कानुन अन्तर्गत भन्दा पनि संक्रमणकालिन न्याय अन्तर्गत कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नागरिक समाजका अगुवा डा.सुन्दरमणी दीक्षितले सरकारले संसदमा पेश गरेको विधेयक हतयारमा ल्याइएको टिप्पणी गरे । उनले संसदमा पेश भएको विधेयकमाथि सशोधन र परिमार्जन आवश्यक भएको बताए ।

अधिवक्ता दिनेश त्रिपाठीले विधेयकमा आममाफी जस्ता प्रावधान राखेर पीडकलाई उन्मुक्ति दिने प्रयास गरिएको बताए । उनले विधेयक पीडितको हितमा नभएको, सर्वोच्च अदालतको फैसला विरुद्व र अन्तर्राष्ट्रिय कानुनको प्रचलन विरुद्व भएको भन्दै विधेयक अनुमोदन भन्दा पनि फिर्ता गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>