समाचारमंगलबार, बैशाख ९, २०७१
पुष्पकमल दाहाल स–पत्नी रिसोर्टमा
एमाओवादीको राष्ट्रिय सम्मेलनका लागि राजनीतिक दस्तावेज लेख्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल स–पत्नी नमोबुद्धको कानोडाँडास्थित रिसोर्टमा पुगेका छन्।
पार्टीका अन्य केही केन्द्रीय नेता भने साँझसम्म पुग्ने बुझिएको छ । ।
दाहाल यसअघि पनि धेरै पटक कहिले विश्रामका लागि त कहिले दस्तावेज लेख्न भन्दै राजधानी शहर भन्दा केही परका रिसोर्ट जाने गरेका थिए ।
एमाओवादीले आगामी १८ बैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गर्दै छ ।
सो सम्मेलनका लागि राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष दाहालले पाएका छन् । उनी त्यहाँ दुई दिन बस्ने बताइएको छ ।

