समाचारमंगलबार, बैशाख ९, २०७१

सर्वोच्चको न्यायाधीशमा ८ जनाको नाम सिफारिस

हिमालखबर

९ बैशाखमा बसेको न्यायपरिषदको वैठकले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको छ।

बैद्यनाथ उपाध्यायले यसअघि सर्वोच्चकै अस्थायी न्यायाधीशबाट अवकास पाएका थिए । गोपाल पराजुली विराटनगर पुनरावेदन अदालतका मुख्य न्यायाधीश हुन् भने दीपकराज जोशी सुर्खेत, ओमप्रकाश मिश्र राजविराज, गोविन्दकुमार उपाध्याय इलाम पुनरावेदन अदालतका मुख्य न्यायाधीश हुन् । त्यसैगरी चोलेन्द्रशम्शेर जबरा बुटवलमा कामु मुख्यन्यायाधीश, देवेन्द्र गोपाल श्रेष्ठ महेन्द्रनगर र जगदीश शर्मा पौडेल हेटौंडा पुनरावेदन अदालतका मुख्य न्यायाधीश हुन् ।

उनीहरुको संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि न्यायाधीशका लागि सिफारिस गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस भएका चोलेन्द्र शम्शेर जबरा विशेष अदालतमा रहँदा भ्रष्टाचार मुद्दामा बलजफ्ती फैसला गरेको भनेर सर्वोच्चबाट ‘नोटिस’ मा लिन न्याय परिषद्को ध्यानाकर्षण गरिएका व्यक्ति हुन् ।
सर्वोच्चले नोटिसमा लिन परिषद्‌मा पठाएपछि उनीसँगैका न्यायाधीश कोमलनाथ शर्माले सम्भावित कारबाहीबाट जोगिन सेवाअवधि बाँकी छँदै पदबाट राजीनामा दिएका थिए।

पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्चका न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले ‘नोटिस’ मा लिन ध्यानाकर्षण गरेको थियो।

संविधानअनुसार सर्वोच्च अदालतमा १५ स्थायी र १० जनासम्म अस्थायी न्यायाधीशको दरबन्दी छ ।
३ वर्षदेखि स्थायी न्यायाधीश नियुक्ति भएको सर्वोच्चमा अहिले प्रधानन्यायाधीसहित ५ स्थायी न्यायाधीश मात्रै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>