समाचारबुधबार, बैशाख १०, २०७१

पूर्व राजाले भने, ‘जनताका लागि केही गर्न सकेको छैन’

हिमालखबर

तस्वीर: श्याम गुप्ता

१० वैशाखमा बाराको सिसहनिया– ४ स्थित सुमेश्वरनाथ बाबाको मन्दिर उद्घाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै जनताले आफूप्रति निकै सम्मान देखाएको र अपेक्षा पनि राखेको तर, आफूले भने जनताका लागि केही गर्न नसकेको बताएका छन् ।

२८ चैतमा बाराको सिमरा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाह यसक्षेत्रमा भेटघाट र पूजाआजामा व्यस्त छन् । सिमरास्थित आफन्त प्रभु शाहको निवासमा बस्दै आएका शाहले १० वैशाखमा सिसहनिया–४ मा निर्मित सुमेश्वरनाथ मन्दिरको पूजाअर्चना गरी उद्घाटन गरे ।

पूर्व राजा सहभागी हुने कार्यक्रममा उनका समर्थकहरु फूलमाला सहित ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,’ ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै स्वागतका लागि उपस्थित हुने गरेका छन् ।

भारतमा हिन्दूवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाललाई पनि हिन्दु राष्ट्र बनाउन सहयोग हुन्छ वा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै उनले त्यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

गणतन्त्र, हिन्दूराष्ट्र लगायतका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा शाहले आफूलाई थाहा नभएको भन्दै पञ्छिएका थिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>