समाचारबिहीबार, बैशाख ११, २०७१

आठ वर्ष पुग्दा पनि लोकतन्त्रको अनुभूति भएन

हिमालखबर

सन्दर्भ-लोकतन्त्र दिवस

लोकतन्त्र दिवसका अवसरमा ११ बैशाखमा शान्तिवाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानूनमन्त्री नरहरि आचार्य । तस्वीर: मिनरत्न बज्राचार्य

तत्कालीन संसदवादी सात दल र नेकपा माओवादीबीच बाह्रबुँदे सहमति भएपछि शुरु भएको २०६२÷६३ को १९ दिने आन्दोलनबाट मुलुकमा आजकै दिन लोकतन्त्र स्थापना भएको थियो ।

मुलुकमा राजतन्त्रको उन्मूलनसँगै लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको सात वर्ष बित्दा पनि जनताले अझैसम्म त्यसको अनुभूत गर्न सकेका छैनन् ।

नेपालमा २००७ सालदेखि पटकपटक भएका आन्दोलनको बलबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सधैँ धौ धौ पर्नेगरेको छ ।

नेपाली जनताको अभूतपूर्व सहभागितामा भएको १९ दिने आन्दोलनको सफलताबाट बीजारोपित लोकतन्त्र दिवसको आठौँ वर्षगाँठ मनाइरहँदा पनि आन्दोलनका उपलब्धिको जगेर्नामा दत्तचित्त हुनुपर्ने दायित्वबाट दलहरु विमुख भए कि भन्ने शंका आम जनतामा परेको छ ।

राजनीतिक नेतृत्वको असमझदारीका कारण विघटन भएको अघिल्लो संविधानसभाबाट पाठ सिकी दलहरूले प्रतिबद्धता जनाएअनुसार आगामी ८ माघेभित्रै सहमतिको नयाँ संविधान जारी गर्नु आवश्यक छ ।

ताजा जनादेशबाट संविधान बनाउने मात्र हैन लोकतान्त्रिक आन्दोलनले परिकल्पना गरेको शान्त, समुन्नत र समृद्व नयाँ नेपाल बनाउने चुनौती स्वीकारेर नेतृत्व वर्ग अघि बढ्नु समयको माग हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>