समाचारबिहीबार, बैशाख ११, २०७१
संविधान मस्यौदा समितिको सभापतिमा सिटौला, संवैधानिक राजनीतिक संवाद समितिमा भट्टराई
कांग्रेस पदाधिकारीहरुको ११ वैशाख विहान बसेको बैठकले महामन्त्री सिटौलालाई संविधान मस्यौदा समितिको सभापतिमा प्रस्ताव गरेको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।
त्यस्तै भट्टराइले १ बजे उम्मेदवार दर्ता गर्ने एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताएका छन् ।
यसअघि पटक(पटक बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधान सभाका प्रमुख तीन समितिमा आपसी भागबण्डामा मिलाउने सहमती गरेका थिए।
जसअनुसार संवैधानिक राजनीतिक संवाद समितिको सभापति एमाओवादीलाई अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापति एमालेलाई र संविधान मस्यौदा समितिको सभापति कांग्रेसलाई दिने सहमति भएको थियो ।
