थप समाचारबिहीबार, बैशाख ११, २०७१
जन्तीबाट फर्कदै गरेको कार दुर्घटनाग्रस्त
वीरगञ्ज–पथलैया सड्कको जीतपुर–३ मा जन्ती गएर फर्किएकोे बा.११.च.६७६५ नं.को कार र पराल लिएर पथलैया तर्फ जाँदै गरेको ना.२.त.६६८५ नम्बरको ट्रयाक्टर बिहान ६ बजे रातोपुल नजिकै ठोक्किंदा पर्साको परवानीपुरका दिनेश साह, शान्ति अंसारी, बारा जीतपुरका बिनोदप्रसाद जयसवाल, लालमुनी लोहार र राहुल लोहार घाइते भएका छन् ।
घाइतेमध्ये शान्ति र लालमुनीको मुखमा, दिनेश र राहुलको हात खुट्टामा, बिनोदको छातीमा गम्भीर चोट लागेको प्रहरी नायाव निरीक्षक अरुणकुमार कुशवाहाले जानकारी दिए ।
दुर्घटनाबाट ट्रयाक्टर र कार दुवै पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
श्याम गुप्ता, बारा


