थप समाचारबिहीबार, बैशाख ११, २०७१
१५ वर्षपछि हत्या अभियुक्त पक्राउ
पर्साको इलाका प्रहरी कार्यालय पोखरियाले फरार अभियुक्त निरन्जन ठाकुर लोहारलाई पक्राउ गरेको हो । पर्सा, जगन्नापुरका उनलाई ११ बैशाखमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले जगन्नापुरकै २५ वर्षीय शम्भु चौहानलाई २४ साउन २०५६ मा गोली हानेर हत्या गरेका थिए । घटनालगत्तै फरार उनीविरुद्ध जिल्ला अदालत पर्साले १७ चैत २०६५ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
उनलाई पर्साको मसिहानी–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतमा पेश गरिने प्रहरीको भनाइ छ ।
बिम्मी शर्मा, वीरगञ्ज
