थप समाचारबिहीबार, बैशाख ११, २०७१
दुलेगौंडामा दुईको मृत्यु
पोखराबाट दमौली आउँदै गरेको मोटरसाइकललाई स्थानीय क्रसर उद्योगबाट सडकमा निस्कदैं गरेको स्काईभेटरले ठक्कर दिएको हो । ११ बैशाख दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई दाजुभाईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुलेगौंडा राइटर चोकका २६ वर्षीय राजन रुचेल र २२ वर्षीय मिलन रुचेल छन् । उनीहरु दाजुभाई हुन् ।
दुर्घटनामा घाइते राजनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मिलनको मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पवन पौडेल, तनहूँ
