थप समाचारबिहीबार, बैशाख ११, २०७१
पत्रकारको बैठकभत्ता पीडित पत्रकारलाई
दुबै मृगौलामा समस्या भई उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले महासंघमा रहँदा तीन वर्षसम्म प्राप्त गरेको भत्ता वापतको रु. ३९ हजार ८०० सहयोग गरेका छन् ।
महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा ११ वैशाखमा आयोजित कार्यक्रममा गौतमका तर्फबाट उक्त रकम महासंघका अध्यक्ष शिव गाउँलेले ‘गुरुङ स्वास्थ्य उपचार सहयोग समिति’का संयोजक डण्ड गुरुङलाई हस्तान्तरण गरे ।
गौतमले यसअघि पनि बैठक एवम् यातायात भत्तावापत प्राप्त रु ८ हजार उमासिंह पत्रकारिता पुरस्कार कोष र प्रशिक्षण वापत प्राप्त १५ हजार पत्रकार स्व. डेकेन्द्र थापाका छोराछोरीको अध्ययनका लागि सहयोग गरेका थिए ।
