समाचारबिहीबार, बैशाख ११, २०७१
रौतहटमा आगलागी, एक बालकको मृत्यु
११ बैशाख दिउँसो भएको आगलागीमा परी स्थानीय सुबोध गोसाइका ३ वर्षीय छोरा श्रृष गोसाइको मृत्यु भएको हो । घरमा सुतिरहेका बालकलाई बाहिर निकाल्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा ३० घर जलेर नष्ट भएको छ । स्थानीय सोगारथ गोसाइ, विनोद राउन, मन्टु दास, चनरदेव दास, कपिलेश्वर दास, रामसेवक दास, मनोज दास, रामकिशुन दास लगायतका परिवारको घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट रु.६० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ । आगलागीबाट ३० घरका दुई सयभन्दा बढी मानिस बिस्थापित बनेका छन् ।
रासस
