समाचारबिहीबार, बैशाख ११, २०७१
सहमतिमा नेतृत्व लिन तयार छुः खनाल
नेकपा एमाले खनालले नेतृत्वका लागि भिडन्तमा भने नउत्रिने बताएका छन् । प्रेस चौतारीले ११ बैशाखमा बिर्तामोडमा गरेको अन्तरसंवादमा उनले सहमति भए फेरि पनि नेतृत्व सम्हाल्न आफू तयार रहेको स्पष्ट पारे ।
उनले भने, “तर पदीय बहस र भिडन्तमा भने उत्रिन्न ।” उनले पार्टीका नेताले फेरि पनि नेतृत्व लिन आग्रह गरे आफू तयार रहेको बताए ।
उनले नवौं महाधिवेशन तोकिएकै मितिमा हुने पनि बताए । महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने पनि उनको भनाइ छ ।
गोपाल गडतौला, झापा
